---Advertisement---

सुनको मूल्यमा एकैदिन भारी गिरावट

On: November 25, 2024 12:54 PM
Follow Us:

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।