जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले बताए । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ १०२ स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ। ।प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपाकिला अध्यक्ष राजु आचार्यले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए । विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताए ।

गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई हरेक बर्ष फरक फरक विद्यालयमा आयोजना गर्ने र त्यसले एक विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापनको अर्को विद्यालयहरुले सिकाई गर्न सक्ने समेत बताए । उद्घाटन अघि मार्च पास गरिएको थियो भने विद्यार्थी र कर्मचारीहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।