अष्टेलियामा रहेका रमेश रोकाको ‘हल्ला चल्यो गाउँमा’ बजार सार्वजनिक भएको छ । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले बनेको पञ्चेबाजामा आधारित उक्त गीतमा गायक शिव हमाल र गायिका निरुता पुनको स्वर रहेको छ भने रमेश रोकाको शब्द रहेको छ ।
गीतमा दिपेश रोका र ममता रानाले अभियन गरेका छन् भने छायांकन मुकेश नेपालीले गरेका हुन् । बुढापाकाले नसक्ने र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुन थालेको अवस्थामा पञ्चेबाजाको संरक्षणमा सघाउने गरी म्यूजिक भिडियो सार्वजिनक गरेको रचनाकार रोकाको भनाई छ ।
‘पञ्चेबाजाको ठाउँमा अहिले साउण्ड सिस्टम बजाउने गरिन्छ, सबैको सक्रियतामा पञ्चेबाजाको जर्गेना गर्नुपर्छ, यो गीतको प्रतिक्रिया अनुसार थप नयाँ म्युजिक भिडियोको तयारीमा छु’ रोकाले भने ।
पञ्चेबाजा नेपालको मौलिक बाजा भएकाले यसमा छुट्टै मिठास भएकाले दर्शकस्रोताले रुचाउने गायिका निरुता पुनको भनाई छ । विवाह, व्रतबन्ध,सांस्कृतिक कार्यक्रमका साथै सभासमारोहमा समेत पञ्चेबाजा बजाउने गरिन्छ ।