आज बाला चतुर्दशी, हिन्दू धर्माबलम्बीहरूले बेनी नगरपालिका-९ गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा दिवंगत आफन्तको सम्झनामा सतबीज छरेर मनाइरहेका छन् ।गलेश्वरमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । सतबीज छर्नाले मृतकका पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तको चीरशान्तिको कामना गर्दै सतबीज छरी परिक्रमा गर्दै बालाचतुर्दशी पर्व मनाइँदैछ ।
हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ लगायतका गेडागुडी मिसाइएको सतबीज छर्दै मन्दिर परिक्रमा गरिन्छ । सतबीजबाट उम्रेको अन्न दिवंगत आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास छ । यस पर्वमा गलेश्वरमासँगै अन्य शिवायलयहरुमा पनि सतबीज छर्ने चलन छ ।