अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

लोकदोहोरी प्रतिष्ठानद्वारा कपडा बैंकलाई लत्ताकपडा सहयोग

On: November 30, 2024 10:21 PM
Follow Us:

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले कपडा बैंकलाई लत्ताकपडा सहयोग गरेको छ । बेनी नगरपालिका–६ नम्बर वडाले आफ्नो वडामा गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर स्थापना गरेको कपडा बैंकमा जाडो र गर्मी समयका लागि उपयुक्त हुने कपडाहरु हस्तान्तरण गरिएको हो ।

लोकदोहोरीगीत प्रतिष्ठान म्याग्दीको वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत सहयोगमा कार्यालयमा उपलब्ध गराएको कपडालाई शनिवार बालाचतुर्दशी पर्वको अवसर पारेर बेनी नगरपालिका ६ नम्बर वडालाई हस्तान्तरण गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुर्व जिसीले बताउनुभयो ।

उक्त कपडाहरु वडा अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । बेनपा–६ मा खोलिएको कपडा बैंकमा जाडोका लागि न्यानो कपडाहरु ज्याकेट, कोट, थर्मोसेट, स्वीटर तथा गर्मीका लागि कुर्ता सुरुवाल, ट्र¥याकसुट, साडीलगायत विभिन्न कपडाहरु सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।

उक्त कपडाहरु हस्तान्तरण गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय संस्थापक सदस्य एवं अग्रज लोकगायिक धनकुमारी थापाले प्रतिष्ठान म्याग्दीले लोकगीत, सङ्गीतको संरक्षणका साथै सामाजिक क्षेत्रमा गरेको योगदान अत्यन्त सराह्रनीय रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले उपलब्ध गराएको कपडाहरु ग्रहण गर्दै वडा अध्यक्ष कृष्णसिङ बानियाँले लोकदोहोरी प्रतिष्ठान गीतसङ्गीत क्षेत्र तथा कलाकारहरुको संरक्षण र प्रचारप्रसारसँगै सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले आफ्नो तर्फबाट पनि लोकसङ्गीत क्षेत्रको विकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेले आगामी दिनमा पनि सामाजिक र रचनात्मक कार्यलाई निरन्तरता दिइने बताउनुभयो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता र सचिव बिजुन खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य खिमा पुनले स्वागत गर्नुभएको थियो ।