२२ औँ अन्तरमावि म्याग्दी जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा बिजेतालाई नगद ५२ हजार २२२ को साथमा रनिङशिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार उप–बिजेता विद्यालयलाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद ३२ हजार,२३२ पुरस्कार प्रदान गरिनेछ ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर, राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई जनही नगद २ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अनुशासित टिमलाई ट्रफि,प्रमाणपत्र र नगद ५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद ५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसीजले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले विद्यालयस्तरको फुटबल प्रतियोगिताबाट म्याग्दीमा फुटबल खेलाडी उत्पादन हुने गरेको बताउनुभयो । सदरमुकाम बेनीस्थित खेलकुद मैदानलाई आश्वासन दिएपनि संघीय र प्रदेश सरकारबाट बजेट नआउँदा अलपत्र परेको बताउनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, एभरेष्ट ग्लोबल एजुकेसन÷भिसाका बेनी शाखा प्रमुख जगत गैरे लगायतले ले कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको थियो ।
“खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन भएको हो । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष कृष्ण पौडेलको स्वागत र महासचिब सज्जन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।