म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य सहित किसानी माविले उपाधी जितेको छ ।
सोमबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विजेता किसानी माविले लगातार तीन पटक प्रतियोगिताको उपाधि चुमेको किसानी माविले रनिङ शिल्ड समेत पच गर्न सफल भएको हो ।
प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित भिम मावि देविस्थान द्धितिय र ५ स्वर्ण, १ रजत र ८ कास्य पदक सहित जनप्रिय मावि दरबाङ तृतीय हुन सफल भएका छ।
बिजेता किसानी माविले नगद ८० हजारको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र तथा द्धितिय र तृतीय हुने विद्यालयलाई क्रमश :नगद ६० हजार र ४० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ ।
प्रतियोगितामा खेल बाहेकका विधा अन्तरगत मार्च पासमा उत्कृष्ट दरवाङ इङलिस बोडिङ स्कुल र अनुशासित विद्यालयको रुपमा गौ बम बस्त माविलाई पाँच-पाँच हजारको साथमा प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएको शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० ÷३० वटा पदकमा खेल प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, पुरस्कार वितरण गर्नुभएको थियो । म्याग्दीका सबै स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरेपनि जिल्लास्तरीय प्रतियोगिताको मिति भने तय भएको छैन् ।