अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बागलुङकी शिलशिला बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

On: December 4, 2024 10:32 AM
Follow Us:
---Advertisement---

बागलुङ नगरपालिका-२, शिवधारा चोककी शिलशिला आचार्य बीबीसीको सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।

लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय एक सफल उद्यमी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी अभनी भेन्चर्स नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिंएको बीबीसीले जनाएको छ ।

सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गरी हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गर्नुभएकी आचार्यले सन् २०१४ मा ’धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियान सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको बेनी आवासीय माविबाट बि.स २०५८ सालमा एसएलसी दिनुभएकी आचार्य मेधावी विद्यार्थी हुन् । उनी उक्त विद्यालयमा कक्षा १ देखि १० सम्मको पढाई सकेर थप उच्च शिक्षाका लागि काठमाण्डौ गएकी थिइन् । उनी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल थिइन् ।

चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्न पूर्ण छात्रवृत्ति पाउँदा समेत स्नातकोत्तर तह वातावरण बिज्ञान बिषय रोज्दा परिवारको गाली खाएपनि आफ्नो लक्ष्यका बारेमा सुनाएकी थिइन् ।

उनले जागिरे शिलसिलामा बेनीमा कार्यरत रहदाँ म्याग्दी जेसीज सन् २००२ का अध्यक्ष समेत भएका बुबा राजेन्द्र आचार्यको छोरीलाई चिकित्सक बनाउने चाहना भएपनि वातावरण क्षेत्रका बारेमा आफ्नो लक्ष्य सुनाएपछि सहमत भएको बताए ।

‘चिकित्सक बनाउने चाहना थियो, मैले त्यही सपना देखेको थिए, उनले वातावरणको क्षेत्रमा अब काम गर्नुपर्ने भन्दै पूर्ण छात्रबृत्ति समेत छोडिन’ राजेन्द्रराजले भने । पर्यावरणीय क्षेत्रमा सक्रिय भएर लागेको नतिजाहरूबाट निकै उत्साहित भएको उनले बताए ।

बजारमा सामान किनमेलमा प्लास्टिकको झोला प्रयोगमा रोक लगाउनसमेत प्रेरित गरेको बीबीसीले जनाएको छ । जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो ।

उद्यमी आचार्य हिमाल सफा गर्ने अभियानमा समेत जोडिएकी थिइन् । नेपालका विभिन्न हिमालमा आरोहीहरूले छाडेको करिब १ सय १९ टन फोहोर संकलन गरी तिनै फोहोरबाट आदिवासी महिलाहरूले शृंगारका सामान, म्याट र डालो बनाएर जीवन निर्वाहलाई समेत सहज बनाएकी उनलाई विपन्नहरुले रोजगार र अवसर दिने महिलाको रुपमा समेत चिन्छन् ।

पर्यावरणीय क्षेत्रमा लोभलाग्दो प्रगति गरेकी उद्यमी आचार्यले धेरैलाई रोजगारीसँगै उद्यमी बनाउन समेत सफल भएकी छन् ।यसअगाडी अनलाइन खवरद्धारा सञ्चालित शक्तिशाली ५० महिला उद्यमीमा समेत आचार्यको नाम थियो ।

यसपटक बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन लगायतका प्रसिद्ध महिला नेताहरू समावेश छन्।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।