प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित अर्जुन माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत आयोजित कार्यक्रममा शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।
बैंकका शाखा प्रवन्धक मुरारी रिजालले विद्यार्थीको फजुल खर्च न्यूनिकरण गदैं बचत गर्ने बानीको विकास गर्न वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको बताए । कार्यक्रममा प्राईम बैंकका बचत तथा कर्जा योजना, वित्तीय कारोबारको महत्व, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्स, पारिवारिक बजेट तथा योजना लगायतका बारेमा जानकारी गराइएको थियो ।
विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमले वित्तिय पहुँच र शिक्षालाई सहज बनाउने विद्यालयका प्रधानाध्यापक तिलबहादुर घिमिरेले बताए। कार्यक्रममा बैंकका कर्मचारी शिबप्रसाद सुबेदी र नविना कार्कीको उपस्थिती रहेको थियो ।
बैंकले यसअगाडी विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सहित सहयोग समेत गरेको थियो भने ज्येष्ठ नागरिक, अपाङ, असायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत उपलब्ध गराउने वडामै पुगेर वितरण् गर्ने गरेको छ।