धवलागिरि गाँउपालिकाले २० वर्षमुनि हुने विवाह रोकी बालविवाह मुक्त बनाउन स्थानिय रणनीति सार्वजनिक गरिएको छ । धवलागिरी गाँउपालिकाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल, गल्स फस्ट फन्ड, बालविवाह न्यूनिकरण कार्यक्रम र संगम म्याग्दीको सहजिकरणमा गाँउपालिकाकालाई वि.स २०८५ को अन्त्य सम्म बालविवाह मुक्त पालिका बनाउने लक्ष्यका साथ रणनीति तयार पारिएको हो ।
स्थानीय सरकार, विकासका साझेदार संस्थाहरु तथा स्थानिय बाल संयन्त्रहरुको सहकार्यमा बालविवाह अन्त्यका लागि स्रोतको पहिचान, बिनियोजन र प्रभावकारी परिचालन गर्न संस्थागत क्षमता गरिने छ ।
बालविवाह अन्त्य रणनीति सार्वजनिकरण कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष रेशम पुनले आफू र सहभागिहरुलाई “बालविवाह जस्तो कानुनीअपराधमा मेरो कुनै पनितवरले संलग्नता छैन, हुने छैन र अरुलाई पनि बालविवाह नगर्न नगराउन अभिप्रेरित गर्दै बालविवाह विरुद्धको अभियान सफल पार्न म ऐक्यवद्ध छु”भन्ने प्रतिवद्धता गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित सचेतना कार्यक्रममा सामाजिक अभियन्ता जमुनाआचार्यले प्रशिक्षण गराउनुभएको थियो । त्यसैगरी ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले लैङ्गिक हिंसा के हो ? कसरी हुन्छ र लैङ्गिक हिंसा भएमाकहाँ कसरी उजुरी गर्ने र पिडक र पिडितहरुलाई कानुनी उपचारका विधिहरु के के छन् भन्ने विषयमा जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा म हिंसा गर्दिन, म हिंसा सहदिन, म हिंसाको प्रतिकार गर्छु र रिर्पोट गर्छु भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर संकलन गरिएको थियो।
महिला वालवालिका शाखाका प्रमुख पुष्पा दवाडीको सञ्चालन, वडा नं १ का अध्यक्ष झक प्रसाद छन्त्यालको स्वागत, गाँउपालिकाकाअध्यक्ष प्रेम प्रसाद पुनको प्रमुख आतित्यता र प्रमुख प्रशासकिय अधिकृत मोतिप्रसाद अर्यालको विशिष्ठ आतित्थतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, आमा समुह, महिला स्वास्थ्य स्वयंमसेविका, शिक्षक, कर्मचारी सहित डेढ सय जनाको सहभागिता रहेको थियो ।