काठमाण्डौमा रहेको आईईएलटीएस पिटिइ सेन्टर उच्च शिक्षा अध्ययनका लागि यूकेमा पठाउने ‘टप टेन’ शैक्षिक परामर्शदातामा परेको छ । नेपालबाट एक इन्टेकमा १ सय जना नेपाली विद्यार्थीलाई यूकेका कलेजमा पठाएको सेन्टर ब्रिटिस काउन्सिलबाट लन्डन भ्रमणको अवसर समेत पाएको छ ।
गौंगबु र पुतलीसडकमा शाखा रहेको आईईएलटीएस पिटिइ सेन्टरले गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले आईईएलटीएस र पिटिईको कक्षामा सतप्रतिशत छुट र भिषा प्रोसेसिङमा लागि समेत भारी छुट सहित विद्यार्थीलाई सघाइरहेको नतिजा भएको सेन्टरका सञ्चालक सन्तोष बानियाँ क्षत्रीले बताए । उनले विज्ञ सहितको टोलीसँगको अन्तरक्रिया, शैक्षिक परामर्शको कार्यलाई लण्डनमा पुगेर समेत निरन्तरता दिने बताए ।
‘उत्कृष्ट भित्र छनौट हुनु खुसीको खवर हो, हामीले नाफा मात्रै नभई धेरैलाई निशुल्क पनि सेवा दिएका छौ’ क्षत्रीले भने । उनले यूकेका उत्कृष्ट विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षासँगै अनुसन्धानमुलक, विश्वस्तरीय सुविधाहरू, पुस्तकालयहरू, प्रयोगशालाहरू र अन्य स्रोतहरूका कारण नेपाली विद्यार्थीको आर्कषण धेरै रहेको अवस्थामा अब्बल विद्यार्थीलाई प्रदान गरिने लोभलाग्दो छात्रवृत्ति प्याकेजहरूमा सहजीकरण गरी धेरैलाई अवसर दिएको बताए । उच्च शिक्षा अध्ययनका लागि यूकेमा रहेका विद्यार्थीको सफलता र समस्याका बारेमा बुझेर नयाँ विद्यार्थीमाझ लैजाने समेत बताए ।