म्याग्दीका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद सम्पन्न भएलगत्तै बेनीमा प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिताको आयोजना गरियो । शनिबार २२ औं जेसीज कप फुटबलको रौनकता सेलाउन नपाउँदै बिहिबारदेअिख मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दोस्रो म्याग्दी भलिबल कपको अन्तर मावि छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगिता हुदैछ ।

यस प्रतियोगितामा छात्रतर्फ २०, छात्रा १३, पुरूष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता पक्का भएको छ ।६ वटै पालिकाबाट छनौट भएका खेलाडीको सहभागितामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड, जुनियर रेडक्रस सर्कलको कक्षा ८ सम्मको फुटबल, विद्यालयमा फुटसल, भलिबल सहित अन्य मेलाको सूची अनगिन्ती छन् ।

यसबर्ष पुसको २८ देखि माघ महिनाको १० गतेसम्म आठौं म्याग्दी महोत्सव समेत हुदैछ भने वडास्तरमा मनोरञ्जनका गतिविधि सहित विद्यालयभित्र हुदाँ शैक्षिक क्यालेन्डर बिग्रेको छ ।

xr:d:DAFuko79nFw:19,j:1938076895478381495,t:23091703

दशैं तिहारको बिदामा घरमा रमाइरहेका विद्यार्थीहरू चाडपर्व लगत्तै विभिन्न खेलकुद गतिविधिमा सहभागि हुदाँ प्रत्यक्ष कक्षाको पठन–पाठन निकै प्रभावित भएको छ ।शिक्षक र विद्यार्थी नै खेलकुद प्रतियोगिताको तयारी र सहभागिताले बाधा पु¥याएको छ ।

खेलकुद संचालन गर्नुपर्ने, रचनात्मक र अतिरिक्त क्रियाकलाप बढाउनु पर्ने भएपनि लगातार हुने प्रतियोगिताले शैक्षिक गतिविधिलाई असर गरेको बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताए। ‘मंसीर महिना नियमित पठनपाठनमा ठूलो असर गरेको छ, शैक्षिक सत्रको लक्ष्य भेटाउन खेलकुद गतिविधि सुधार गर्नुपर्छ’प्रअ श्रेष्ठले भने ।

उनले अबको नयाँ शैक्षिक सत्रमा खेलकुद गतिविधिलाई घटाउने, विदाको समयमा राख्ने गरी क्यालेन्डर बनाउनुपर्ने बताए । सरकारी निकाय तथा विभिन्न संघसंस्थाले लगातार खेलकुद राख्दा समन्वय गर्नुपर्ने दिपशिखा मावि कुहुँका प्रअ डा. नन्दबहादुर खत्रीको भनाई छ ।

उनले विद्यार्थीहरूलाई निर्धारित पाठ्यक्रम र उपलब्ध शैक्षिक सामग्री अनुसार एउटै कक्षाकोठामा पढाउनुपर्ने अवस्थामा खेलकुद गतिविधि र मोवाइलमा हुने विभिन्न खेलले विद्यार्थीको सिकाइ क्षमता खस्किदै गएको बताए । ‘खेल तालिका सुधार गर्न सकेमा पनि पढाइमा केन्द्रित हुन सकिन्छ, दशैंतिहारपछि खेलकुद गतिविधि कम गर्नुपर्छ’ प्रअ डा. खत्रीले भने ।

शिक्षकले सबै विद्यार्थीले उच्चस्तरको सिकाइ उपलब्धि हासिल गर्ने गरी पढाउन पर्नेमा खेलकुदमा सहभागि हुन जाने खेलाडीकै कारण कक्षाकोठामा भएका विद्यार्थीको पढाइ समेत प्रभावित हुने गरेको छ । बर्षभरी ८ सय घण्टा पढाउनुपर्ने भएपनि शैक्षिक सत्रको अन्त्यमा हतार–हतार कोर्स पूरा गर्दाको परिणाम एसइईको नतिजामा देखिएको छ ।

जिल्ला शिक्षा विकास समन्वय एकाइ म्याग्दीका प्रमुख बिदुर शर्मा चापागाईले खेलकुद विद्यार्थीलाई अनिवार्य आवश्यक भएपनि पठनपाठनमा असर नगर्ने गरी सञ्चालन गर्नुपर्ने बताए । स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट शैक्षिक र खेलकुद गतिविधिलाई कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर समस्या समाधान हुने शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन् ।

म्याग्दीको शैक्षिक तालिका दिशाहीन बन्न नदिने गरी सुधारका लागि स्थानीय सरकारले समयमै पहल नगर्ने हो र समाजका सरोकारवाला निकायले कानमा तेल हालेर बस्ने हो भने आगामी दिन नतिजा झनै कहालीलाग्दो बन्ने निश्चित छ।

नजिता लगातार निराशजनक

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा हरेक बर्ष निरासजनक छ । म्याग्दीमा गतबर्षसम्म माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घट्दो र तल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको अवस्थामा खेलकुद र मोवाइल र सामाजिक सञ्जालको लतले पठन संस्कृतिको ह्रास आएको छ । म्याग्दी जिल्लाको चारबर्षे नतिजा विश्लेषणमा जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या प्रत्येक बर्ष घट्दो क्रममा रहेको देखिन्छ ।

?????????????????????????????????????????????????????????

शिक्षा विकास तथा समन्वय इकाइले माध्यमिक शिक्षा परिक्षाको म्याग्दी जिल्लाको नतिजाको तुलनात्मक अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा शैक्षिक सत्र २०७४ मा कुल परीक्षामा सहभागी भएका विद्यार्थीहरू मध्ये २.१० प्रतिशत विद्यार्थीले ३.६–४.० जिपिए प्राप्त गरेकोमा गत शैक्षिक सत्रमा १.११ प्रतिशत विद्यार्थीहरूले मात्रै उक्त जिपिए प्राप्त गरेको अवस्था छ।

उच्च ग्रेडमा विद्यार्थी घट्दै गएको र कम ग्रेडमा उत्तीर्ण विद्यार्थी बढ्दै गएको देखिएको छ । विद्यालय तहको जगैदेखि राम्रो शिक्षण सिकाई गर्न सके प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण, शिक्षकका लागि पटकपटक विज्ञापन गर्नुपर्ने बाध्यता समेत कारण मानिन्छ ।

 

Leave a Reply