रोजगारीको सिलसिलामा यूएईमा अलपत्र परेका एक पर्वतेलीलाई पर्वत समाजले उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका-२, थापाठाना (घैयार) घर भएका घनश्याम क्षत्रीलाई उद्धार गरी घर फिर्ती पठाइएको छ ।

तीन बर्ष अगाडी यूएई पुगेका क्षेत्री तिन बर्स अघि युएई आइपुगेका क्षत्रीको ८ महिनादेखि परिवारको सम्पर्कमा नआएपछि वडा कार्यालयको अनुरोधमा खोजीकार्य गरेको पर्वत समाज युएईका अध्यक्ष तिलक सापकोटाले बताए ।

उनका अनुसार पीडितलाई आपतकालिन उद्धारका लागि समाजबाट आर्थिक सहयोग गरी घर पठाइएको थियो । पर्वत कार्किनेटा (टिमरोट) निवासी लक्षमण पौडेलले पीडितलाई समाजको सम्पर्कमा ल्याएका थिए ।

समाजका बरिष्ठ उपाध्यक्ष पुर्ण भुषाल, महासचिव जगदिश शर्मा तथा कोषाध्यक्ष बिनोद पौडेलले उद्धार तथा आवश्यक प्रक्रियामा सहजीकरण गरेको मोना यूएईका महासचिव काजिमान बुढाथोकीले बेनीअनलाइनलाई जानकारी दिए । पीडित क्षेत्रीको स्वास्थ अवस्थालाई मध्यनजर गरी आवश्यक परीक्षण गरी पठाइएको थियो ।

पीडित क्षत्रीलाई उद्धार गरेकोमा परिवारका सदस्यले पर्वत समाजलाई धन्यवाद दिएका छन् । यता पर्बत समाज यूएईका अध्यक्ष सापकोटाले यूएईमा गैरकानुनी रुपमा कार्यरत हुदाँ जरिवान सहित अन्य कानुनी समस्या हुने भएकाले श्रमस्वीकृत सहित थप कागजातहरू कानुन सम्बन्धत हुनुपर्ने भन्दै समस्या परेमा समाजमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Leave a Reply