यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो । उसका लागि क्याप्टेन रोहित पौडेलले ५७ बलमा ८० रनको पारी खेले । साद बीन जफर ५२ रनमा नटआउट रहे ।
४९ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहितले पाँचौ विकेटका लागि साद बीनसँग ११४ रनको साझेदारी गरे ।
रिजन ढकालले आफ्नो स्पेलमा २९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल र रञ्जित कुमारको नाममा एकएक विकेट रह्यो ।
लुम्बिनकीका क्याप्टेन रोहित म्यान अफ द म्याच भए ।
जितपछि पनि तालिकाको पुछारमा रहेको लुम्बिनीको २ अंक भएको छ । चितवन भने ६ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ ।
एनपीएलमा मंगलबार नै कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।