बिहे गर भन्दै बाउ आमा कराउनी,
आटिहाल्न यो मन नि डराउनी
रसै तितो तिते पातीको ओई कुरा साँचो मलाई नि खाचो छ असल जिवन साथीको
धेरै आए गर्नलाई बराउनी, कोही आएनन् मनले मन पराउनी
बुकी फुल डाँडै माथीको ओई कुरा साचो मलाई नी खाचो छ असल जिवन साथीको !
यी हरफ ‘तितेपाती’ मौलिक पञ्चेबाजा गीतमा समावेश भएका हुन् । लगनको महिनालक्षित गरेर लोकप्रिय गायिका समिक्षा अधिकारी र म्याग्दीका गायक करण कँडेलको स्वरमा बजारमा आएको छ ।म्याग्दीको मंगला गाउँपालिका–५,अर्मन पिपलबोटका गायक कँडेलको शब्द, रचना र स्वरमा रहेको पञ्चेबाजा गीत Karan Kandel Official युट्युब च्यानलमार्फत भिडियो बजारमा आएको छ ।
विवाह गर्ने उमेरमा केटा र केटीले भनेजस्तो जीवनसाथी नपाएको कथामा गीतले बोकेको छ । आकर्षक शैलीमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोको समेत छांयाकन समेत गायक तथा रचनाकार कँडेलले आफ्नै जन्मभूमि पिपलबोटमा गरेका छन् । म्यूजिक भिडियोमा मुख्य अभियन बिनोद भण्डारी र पार्वती श्रेष्ठको रहेको छ ।
म्यूजिक भिडियोका छांयाकन किरन कार्कीले गरेका छन् । गायक कँडेलले आफ्नो गीत सबै उमेर समुहकाले रुचाउने बताउँछन् । उनले पञ्चेबाजाको जर्गेना र नेपाली परिबेशमा आधारित गीतको प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।
भिडियो ः