---Advertisement---

प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवदेन

By नागरिक
On: December 16, 2024 2:49 PM
Follow Us:

प्रहरीले रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरीले अनुसन्धान सकेर सोमबार (आज) जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी बसन्त शर्माका अनुसार मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत पनि प्रतिवादीका रूपमा छन् ।

प्रहरीले प्रतिवेदनमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कारबाहीका लागि माग दाबी गरेको छ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा, रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्‍याएर विभिन्न सहकारीको रकम अपचलनसम्बन्धी बयान लिइएको थियो ।

नागरिक