---Advertisement---

सरकारले रवि लामिछाने लाई देखाएर बिपक्षीलाई तर्साउन खाेज्याे : पुन

On: December 16, 2024 11:30 PM
Follow Us:

नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समिति र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बागलुङको आयोजनामा भएको वर्तमान परिस्थिति र हाम्रो दायित्व बिषयक विचार गाेष्ठी बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका उप महासचिव एवम् पुर्व अर्थमन्त्री बर्षमान पुनले रवि लामिछाने ठगि प्रकरणमा छानबिन हुनुपर्छ प्रमाण भए कार्वाही हुनुपर्छ तर त्यस्तै केसमा धनराज गुरूङ ऋषिकेस पाेखरेल माथि किन छानबिन हुदैन त्यो संसदीय प्रतिवेदनमा उल्लेख भएको कुरा भएको बताए ।

अहिले वर्तमान सरकारले रवि लामिछाने लाई देखाएर आफुहरूलाइ विपक्षीलाई तर्साउन खाेजेकाे अहिले सरकारले पाेखरा बुटवल जताततै लगेर केस लगाउने काम गरिरहेकाे नेता पुनले बताए ।हिजोको दिनमा नेकपा चन्द नेतृत्वका नेताहरूलाई पनि जताततै घुमाएर यस्तै झुठो केसलगाउने काम गरेको धेरै उदाहरण भएको माआ‌ेवादी नेता पुनले बताए ।

प्रधानमन्त्री केपी शर्मा आ‌ेलीले सधैं आफुले भ्रष्टाचार नगर्ने भ्रष्टाचार हुन नदिने भ्रष्टाचारीकाे मुख पनि नहेर्नै भने पनि
अहिले क्याबिनेटमा भुटानी शरणार्थी प्रकरण ,स्काउट जग्गा प्रकरण ,जग्गा प्रकरण केसका लाई मन्त्री बनाएर बसिरहेको अनुहार नहेर्नै अगाडि मात्र हेरेर बसिरहेको भनेर
आराेप लगाएका थिए ।