नविन जुग्जाली
सफलताको सुत्र निरन्तर प्रयास र लगनशीलता हो – हेनरी फोर्ड ।
नदी सरल हुन्छ, तरल हुन्छ, कोमल हुन्छ, गतिशील हुन्छ । यसका साथैसाथै लगनशील पनि हुन्छ । यही सामथ्र्यका कारण ठूला ठूला विघ्नबाधा, पर्खाल र पहाडहरु तोड्दै फोड्दै सागर महासागरसम्म पुग्ने विघ्नबाधा, पर्खाल र पहाडहरु तोड्दै फोड्दै सागर महासागरसम्म पुग्ने आफ्नो बाटो आफै निर्माण गर्दै गन्तव्यमा पुगेको हुन्छ ।
नदी कोमल हुन्छ, आफ्नो कुनै धार हुँदैन तर निरन्तर प्रयास र संघर्ष गर्दै गयो भने कडा भन्दा कडा पत्थरहरुलाई खियाएर ती पत्थरहरुमा आफ्नो अमिट इतिहास बनाउने ताकत नदीसँग हुन्छ । यसर्थ लगनशीलतामा महाशक्ति हुन्छ । जसको गति र प्रगतिलाई रोक्न सक्ने ताकत संसारमा कसैसँग हँदैन । तथापि लगनशीलिता र गतिशिलताभित्रको विज्ञानलाई जान्ने र बुझ्ने चेष्टा कहिल्यै गरेका हुँदैनौं । यहाँ एउटा कविताको याद आएको छ ।
बाटो हो कि कुबाटो, अन्धोलाई के मतलब
आँखै हुनेको पनि, ठोकिन्छ जिन्दगी ।
पत्थरमा होइन बालुवामा लेखिन्छ जिन्दगी
तर छालको एकै लहरले मेटिन्छ जिन्दगी । – स्वर सम्राट नारायणगोपाल ।
जसले बालुवामा लेख्छ उसको इतिहास क्षणभरमै मेटिन्छ । जसले पत्थरमा लेख्छ उसको इतिहास अमर हुन्छ । संसारमा अत्यन्तै कम शुरवीर योद्धाहरुले मात्रै निरन्तर प्रयास र लगनशीलताको मार्ग रोजेका हुन्छन् ती शुरवीर योद्धाले मात्रै आफ्नो कर्मबाट सानदार इतिहास रचेका हुन्छन् । तीमध्येका एक उदाहरणीय व्यक्तित्व हुन् जंगबहादुर गर्बुजा ।
उहाँको जन्म पिता श्रीप्रसाद गर्बुजा र माता उदिमसरा गर्बुजाको कोखबाट एक्लो छोरोको रुपमा वि.सं. २०३० साल जेठ ३ गतेका दिन मालिका गाउँपालिका वडा नं. ७ बिम (बिमबाङ्ग) भन्ने ठाउँमा भएको हो ।
“हुने बिरुवाको चिल्लो पात” भनेझैं सानै उमेरदेखि सरल र नम्र स्वभावका गर्बुजा अनुशासनशिल, लगनशील हुनुका साथै मिलनसार र मेहनेती पनि उत्तिकै हुनुहुन्थ्यो भने अर्कोतिर स्कुलको पढाईमा पनि उत्तिकै तीक्ष्ण बुद्धिका हुनुहुन्थ्यो ।
यही क्षमताका कारण हाई स्कुलसम्मको पढाईमा कहिल्यै पनि असफलताको सामना गर्नुपरेन । वि.सं. २०४६ सालको एसएलसी परीक्षामाश्री जनप्रिय माध्यमिक विद्यालय दरबाङ्गबाट उत्तीर्ण हुनुभएका गर्बुजाले उच्च शिक्षा हासिलका लागि पृथ्वीनारायण क्याम्पसमा भर्ना हुनु भएको थियो ।
अध्ययनशील र लगनशील स्वभाव भएका गर्बुजाले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीति शास्त्र र अर्थशास्त्र विषयमा एमएसम्मको योग्यता हासिल गर्नुभएको थियो ।“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छन् । आफ्नो जन्म दिने आमालाई औधी माया दर्शाउने गर्बुजाले आफ्नो जन्मभूमिको महत्व र महिमा पनि राम्ररी बुझेका थिए ।
यही कारण आफ्नै जन्मथलोमा बसी आफ्नै जन्मभूमिको सेवा गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएका गर्बुजाले आफ्ना उच्च शिक्षाको अध्ययन सँगसँगै वि.सं. २०५१ सालदेखि आफ्नै मातृभूमिको तत्कालीन श्री किसानी प्रस्तावित माध्यमिक विद्यालयमा अध्यापन सुरु गरी अध्यापनमार्फत् गाउँको सेवा गर्नुभएको थियो भने वि.संं २०५६ साल माघ १ गतेदेखि आजसम्म लगातार प्रधानाध्यापकको रुपमा किसानी माध्यमिक विद्यालयको नेतृत्व गर्दै आउनुभएका गर्बुजाले पछिल्लो समयमा प्राविधिक शिक्षाको समेत कुशल नेतृत्व गर्दै आउनुभएको छ ।
समय सापेक्ष चल्न सक्ने परिस्थिति अनुरुप निर्णय लिन सक्ने प्रशस्त क्षमता भएका गर्बुजासिटिइभिटीद्वारा सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय ९त्भअक० मा देशका विभिन्न जिल्लाहरुबाट अध्ययन गर्न आउने विद्यार्थीहरुमध्ये अनाथ, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगको लागि छात्रवृत्तिको व्यवस्था तथा कृषि क्याम्पसको समग्र शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषको परिकल्पनाकार एवम् रचनाकार समेत हुनुहुन्छ ।
यसरी सुन्दर उद्देश्यका साथ थालनी गरेको अक्षयकोषकै आर्थिक संकलन अभियान निकै नै उत्साहजनक देखिन्छ । देश तथा विदेशको गरी संकलन भएको हालसम्मको रकम रु.७३,६७,५७२।– (त्रिहत्तर लाख सतसठ्ठी हजार पाँच सय बहत्तर रुपैयाँ) भएको छ ।
यतिबेला एउटा भनाई याद आएको छ– “फेरि सुरुवात गर्न नडराउनुहोस् । नयाँ सुरुवातहरुले कहिलेकाहीं जीवनमा उत्कृष्ट परिवर्तनहरु ल्याउँछन् । नयाँ कदम उठाउन साहस चाहिन्छ, त्यो साहस गर्बुजाले उठाउँदा छोटो समयमै करोडको हाराहारीमा आर्थिक सहयोग उठाउन सफल हुनुभएको छ ।
उहाँको लक्ष्यको सफलताले हामी गन्तव्यमा पुग्न भाग्य होइन साहस चाहिन्छ भन्ने गजबको सन्देश दिएको छ । यतिमात्रै होइन । उहाँको छत्रछात्रामा हुर्केका सयौं विद्यार्थीहरुको भविष्य सुनौलो भएको छ भने कैयौं विद्यार्थीहरु कोही डाक्टर, कोही वकिल, कोही इन्जिनीयर, कोही नेता, कोही शिक्षक बनेर आफ्नो जिन्दगीलाई सार्थक बनाइरहेका छन् ।
यी सबै उन्नतिका पहिलो श्रेय गर्बुजालाई नै जान्छ । शैक्षिक इतिहास अनुसार नेपालको पहिलो प्रधानाध्यापक सरदार रुद्रराज पाण्डे म्याग्दी जिल्लाको पहिलो प्रधानाध्यापक भाष्करानन्द यसैगरी बिम गाउँको मगर समुदायबाट पहिलो प्रधानाध्यापक जंगबहादुर गर्बुजाले इतिहास रचेका छन् ।
यसकारण एकातिर गर्बुजाको शैक्षिक योगदान अतुलनीय बनेको छ भने अर्कोतिर यदि गर्बुजाले धनलाई प्राथमिकता दिएका हुन्थे भने अरुले जस्तो ऐस ऐश्वर्यको जिन्दगी जिउन सक्थे तर त्यो गरेनन् सेवालाई नै पहिलो प्राथमिकतामा राखेर थुप्रै पुस्ताहरुको भविष्य उज्वल बनाउने आशा र अभिलाषा राखे यसर्थ गर्बुजाको जिन्दगी आज सबैका लागि अनुकरणीय बनेको छ ।
“मानिसहरुले के भन्छन् भनेर जीवनमा आफ्नो जोश नत्याग्नुहोस्” – कार्ल माक्र्स