म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा बिहिबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट रेशम बहादुर पुनको अध्यक्षतामा लालमान बिक उपाध्यक्ष, प्रेम बहादुर सिउथानी सचिव, नरदेवी पुन उपसचिव र बिमला बिक सार्की कोषाध्यक्ष रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
नेकपा (माओवादी केन्द्र) मालिका गाउँपालिका कमिटिका सचिव लालबहादुर घताने र नेता तथा मालिका गाउँ कार्यपालिकाका सदस्य दलबहादुर खड्काथोकीको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनमा उहाँहरुले स्थानीयबासीको समस्या र विकास निर्माणका काममा सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । माओवादी केन्द्र सरकारमा रहँदा गरेका जनपक्षीय कामहरुका कारण जनमत बढेको बताउदै आगामी चुनाव माओवादी एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो ।