म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्टले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा भब्य कार्यक्रम विच आफ्नो स्थापना दिवसको ३२ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले राज्यले निजि क्षत्रको शिक्षाको योगदानको नजर अन्दाज गर्न नहुने बताउनुभयो । उहाँले न्यु वेष्ट पोइन्ट विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा संस्थाको प्रशंसा गर्नुभयो ।

त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु कुमारी रोकाले अभिभावाकलाई इंगित गर्दै बदलिँदो परिस्थिति संगै पढ्नु भनेको केवल उच्चतम ग्रेड प्राप्तगर्नु मात्रै नभई व्यक्तिको समग्र बिकास र क्षमताको प्रस्फुरण भएको बताउनुभयो । उहाँले अहिले अधिकांश पुरुष अभिभावक बैदेशिक रोजगारमा जाने र महिलाहरु छोराछोरीको पढाइ लेखाइ र पालनपोषण गर्नु पर्ने अबस्था रहकोले महिलाहरुलाई अझै जिम्मेवारी बन्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा वेष्ट पोइन्टबाट विद्यालय शिक्षा पुरा गरि देश तथा विदेशबाट स्नातक तथा स्नातोकत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई “वेष्ट पोइन्ट सम्मान” द्वारा सम्मान गरेको छ । त्यसैगरी विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयमा लामो समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई “दिर्घ सेवा सम्मान” प्रदान गरेको छ । जसमा १० वर्ष र २० वर्ष सेवा गर्ने ५ जना शिक्षक कर्मचारीलाई नगद सम्मानपत्र र दोषल्ला ओढाई सम्मान गरेको हो ।


विद्यालयले मन्टेसरी तहदेखि कलेज तह सम्मका उत्कृष्ट शिक्षा तथा कर्मचारीलाई नगद सहित सम्मान पत्र र सहित सम्मान गरेको छ । त्यस्तै विद्यालयबाट २०८० सालको SEE र कक्षा १२ को बोर्ड परीक्षामा विशिष्टता हासिल गर्ने विद्यार्थी र अभिवाक समेतलाई समेत सम्मान गरेको छ । त्यसैगरी अभिभावक दिवसको अवसरमा आयोजित अभिभावक केन्द्रित भलिबल प्रतियोगिताका खेलाडी अभिभावक (महिला तथा पुरुष) लाइ पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीबी दाहालले शैक्षिक सत्र २०८० को उपलब्धि र २०८१ को योजना तथा कार्यक्रमको बिस्तृत प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम वेष्ट पोइन्ट एजुक्षन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, प्याब्सन म्याग्दीका अध्यक्ष हिरापुनको प्रमुख आतिथ्यता, विद्यालयका भाइस प्रिन्सिपल सरोज लाकान्द्रीको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बेलुकी अबेरसम्म अभिभावक, विद्यार्थीले गीत नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अभिभाक दिवसको अवसरमा विद्यार्थीहरुले बिज्ञानप्रदर्शनी, निशुल्क रगत परीक्षण(ग्रुपिंग) समेत गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply