बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। मानवीय क्षति भएको खबर नआएको र भौतिक क्षतिकाे विवरण स्थानीय तह र प्रहरीले संकलन गरिरहेको छ।
यसैबीच शनिबार विहान म्याग्दी लगायत पर्वत, बागलुङमा पनि झड्का महसुस गरिएको थियो । तिन तलमा सुनिरहेको अवस्थामा करिव ३ सेकेन्डभित्र भुकम्पको झड्का महसुस गरेको बेनी नगरपालिका वडा नं ८ गणेशटोलमा रहनुभएका अधिबक्ता ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।