राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्तक महाबिर पुन आजका मितिमा मधेश प्रदेशको धनुषा जिल्ला ढल्केवरमा र जनकपुर बजारमा किताब बेच्दै हुनुहुन्छ । बिगत एक वर्षदेखि उहाँ देशका विभिन्न जिल्लामा पुगेर किताव बेचि रहनुभएको छ ।किताब किनबेच कै अभियानमा पुष ७ गते बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३१ थान किताब वितरण गरिएको छ ।
त्यसो त महाबिर पुनको हातबाट शिक्षक विद्यार्थीहरुले बेनीमा किताव बेच्ने अभियानका क्रममा खरिद गरि पढिसकेका छन्। तर आज म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ राम्चे निवासी दुइ दिदीबहिनीहरु देवकेनी पुन (हाल युके) र गोमा पुन (हाल हंगकंग) ले राष्ट्रिय आविस्कार केन्द्र र विरगंज क्रिसी औजार केन्द्रको सहयोगार्थ खरिद गरेका ३१ थान किवात विद्यालयका अभिभावक चित्र तिलिजा मार्फत विद्यालयलाई प्रदान गरिएको हो ।
सौजन्य स्वरूप प्राप्त भएका कितावहरु विद्यालयको प्रार्थना सभामा विद्यालयका प्रिन्सिपल डी.बि. दाहाल र भाइस प्रिन्सिपल कृष्ण जिसीले कक्षा ८ देखि १२ सम्मका २५ जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्नुभएको हो । प्राप्त भएका ३१ मध्ये ६ थान पुस्तक पुस्तकालयमा राखिएको विद्यालयले जनाएको छ ।
रोमन म्यागेसे पुरस्कार बिजेता डाक्टर महाबिर पुनले आफ्नो जीवनको महत्वपूर्ण समय दुर्गम क्षेत्रको विकास र प्रविधिको प्रयोगद्वारा समाजसेवा गर्नमा बिताउनुभएको छ । उहाँले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्र” (National Innovation Center) का लागि कोष जुटाउनका लागि उनले आफ्नो जीवनी पुस्तक बेच्ने अभियान शुरु गर्नुभएको हो ।
यो केन्द्रले नेपालका युवालाई अनुसन्धान, नवप्रवर्तन (innovation), र प्राविधिक विकासमा संलग्न गराउँदै राष्ट्रिय स्तरमा स्वरोजगार र विकासका लागि योगदान गरिरहेको छ।महाबिर पुनले बारम्बार सरकार र अन्य संस्थाहरूसँग सहयोगको आह्वान गर्नुभएको छ , तर पर्याप्त समर्थन प्राप्त नभएको कारण उहाँ आफैं विभिन्न माध्यमबाट कोष जुटाउने प्रयासमा सक्रिय हुनुहुन्छ । उहाँ कुनै व्यक्तिगत लाभका लागि यो कार्य गरिरहनु भएको छैन यो पूर्णत: समाजको हितका लागि रहेको उहाँले बताउंदै आउनुभएको छ आउनुभएको छ ।
पुन नेपालका एक ख्यातिप्राप्त समाजसेवी, आविष्कारक, र शिक्षा तथा प्रविधि प्रवर्द्धक हुनुहुन्छ । महाबिर पुन विशेष गरी दुर्गम क्षेत्रमा इन्टरनेट सेवा पुर्याउनका लागि “नेपाल वायरलेस नेटवर्क” को स्थापना गरेपछि चर्चित हुनुभएको हो । उहाँका परियोजनाहरूले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्।