काठमाण्डौमा बसोबास गर्ने काँग्रेस सुभेच्छुकहरुको संस्था नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिले म्याग्दीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रम गरी नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, गाउँपालिका प्रमुख तथा वडा अध्यक्षलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसकामहामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, केन्द्रिय सदस्य अर्जुन जोशीले जनप्रतिनिधिलाई सम्मान गदैं आफ्नो जिम्मेबारी अन्ुसार कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो । म्याग्दीबाट निर्वाचित जनप्रतिनिधिले जिल्लाका विकास निर्माण तथा अलपत्र योजनाहरु पूर्णता दिने बारेमा कडाई गर्न र आगामी बजेटमा म्याग्दीलाई प्राथमिकता दिन समेत अनुरोध गरेको बेनी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले जितेका तीनै तहका जनप्रतिनिधिले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । सम्मान तथा बनभोज कार्यक्रममा उत्साहजनक उपस्थिती रहेको समितिका अध्यक्ष चित्र कार्कीले बताउनुभयो ।
उक्त कार्यक्रममा आयोजित संवादमा म्याग्दी जिल्लाका समस्या र बजेटका प्राथमिकताका बारेमा समेत जानकारी गराइएको थियो । म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बेनी अस्पतालको भवन सहित अलपत्र योजनालाई पूूर्णता दिने र नयाँ योजनाका बारेमा जानकारी गराउँदै बजेटमा म्याग्दी जस्तो दुर्गम जिल्लालाई प्राथमिकता दिन माग गर्नुभएको थियो ।