म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका चित्रबहादुर पुर्जाको दैनिकी डोको थुन्से बुनेर बित्छ । बषौंदेखि यो पेशामा सक्रिय पूर्जाले गाउँदेखि बेनी, पोखरा, काठमाण्डौसम्मबाट आउने मागलाई पूरा गर्नुहुन्छ । घरायसी प्रयोजन सहित सजाउने गरी राख्न सानो र ठूलो दुबै डोको बुन्ने भएकाले सहज भएको पूर्जाको भनाई छ । बुढ्यौलीले छोए पनि डोको बुन्न जोश र जाँगर जवानी अवस्थाको जस्तै छ ।

वनमा निगालो खोजेर चोया निकाल्दै जवानीका रमाइला दिन बिताइसकेका पुर्जाले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आउनुभएको छ । गाउँमा रहेका यूवाहरुलाई सीप हस्तान्तरणका लागि इच्छुक भएपनि नयाँ पुस्ताको रुची नभएकाले भविस्यमा भने बनाउने पाउनै मुस्किल हुने उहाँको भनाई छ । पछिल्लो समय पलाष्टिकका साम्रागीको प्रयोग हुन थालेपछि पेशाबाटै पलाउन हुनेको संख्या धेरै भएपनि पूर्जाले आफ्नो सीप अनुसारको पूरानै पेशालाई निरन्तरता दिनुभएको छ । तस्वीर सौजन्य दिवा पुन तिलिजा

Leave a Reply