सिद्धार्थ बैंक बेनी शाखाले २२ औं बार्षिकत्सव मनाएको छ । म्याग्दी जिल्लामा वित्तिय तथा विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गदैं आएको बैंकले सेवाग्राही, बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रमका बीच कार्यक्रम गरेको हो ।
वार्षिकोत्सवको अवसरमा बेनी ब्रान्चका म्यानेजर नारायण सापकोटाले सिद्दार्थ बैंकप्रति आम नागरिकको बिश्वास बढ्दै गैरहेको बताउनुभयो ।बेनी शाखाबाट ५ हजार ४ सय ग्राकलाई ८ बर्ष देखि निरन्तर बित्तिय सेवा दिईरहेको बताउनुभयो ।
शाखाले कृषि पर्यटन र साना तथा मझौला उद्योग व्यवसालाई कर्जामा बिषेश प्रथामिकता दिंदै सहुलियत दरमा ऋण प्रबाह गरेको छ ।त्यसैगरी उच्च शिक्षा हासिल गर्नको लागि शैक्षिक कर्जामा समेत शैक्षिक ऋण प्रबाह गरिरहेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले प्रदानगर्ने डिजिटल सेवाहरु, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंगमा बिशेष पुरस्कार प्रदान गर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बाणिज्य बैंक सिद्धार्थ बैंकको चुक्ता पुजि १४ अर्ब ९ करोड, रिर्जभ कोष १४ अर्ब १६ करोड, निक्षेप रकम २ खर्ब ४४ अरब, कर्जा प्रबाह २ खर्ब १२ अरब रहेको छ हाल बैंकको १९६ शाखा रहेका छन् सिद्धार्थ बैंक शैक्षिक कर्जामा बिध्यार्थिहरुको रोजाईमा रहेको बैंक रहेको हो ।हालै सम्पन्न नेपाल क्रिकेट लिग ल्एी क्रिकेटको सबैभन्दा ठूलो इभेन्टको सिद्धार्थ बैंक प्रमुख प्रायोजक रहेको थियो ।