---Advertisement---

‘क्रिसमस डे’ नृत्य प्रतियोगितामा न्यु वेष्ट पोइन्ट प्रथम

On: December 25, 2024 9:04 PM
Follow Us:

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा बुधबार म्याग्दीको सदरमुकाम बेनीमा ग्रेस चर्चले ‘क्रिसमस डे’को अवसरमा आयोजित जिल्लास्तरीय नृत्य प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि प्रथम भएको छ । बिजेताले नगद १५ हजार प्राप्त गरेका थिए ।

प्रतियोगितामा द्धितिय, तृतिय र सान्त्वना क्रमश प्रकाश मावि, माउण्ट एभरेष्ट आवासीय मावि र बुद्ध एकेडेमी भएको चर्चका प्रमुख पिटर थापाले बताउनुभयो। प्रतियोगिताका उपविजेता, तृतिय र सान्त्वना स्थान प्राप्त विद्यालयले क्रमश १० हजार, ५ हजार र २५ सय नगद प्राप्त गरेका थिए ।

‘क्रिसमस डे’ को अवसरमा आयोजित शुभकामना आदानप्रदानमा जवरजस्ती धर्म परिवर्तन यशुको आर्दश विपरीत भएको बताइएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष प्रमोद श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको उपस्थिती रहेको थियो ।

साङ्गीतिक कार्यक्रम र जमघटको अवसरमा नेपालमा सबै जातजाति र धर्मालम्बी बिचको एकता र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिन्छ। मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।