• नविन जुग्जाली

“जीवनको वास्तविक आनन्द अरुलाई खुसी दिनु हो । उनीहरुको खुसी लुट्ने होइन ।” (प्रेम चन्द) वास्तवमा अरुको लिनुमा भन्दा अरुलाई दिनुमा आनन्द छ । प्रकृतिमा हेर चन्द्रमाको आफ्नो प्रकाश छैन तैपनि सूर्यबाट प्रकाश लिएर आकाश तथा धर्तीलाई उज्यालो दिएर धन्य बनाएको हुन्छ ।

दिनुको महिमा कति अपरम्पार छ भनेर हामीले चन्द्रमाबाट सिक्न जरुरी छ । दिनुमा जति आनन्द छ लिनुमा त्यतिको आनन्द छैन । जसरी एउटा फूलले निश्फिक्री सुगन्ध बाँधीरहेको हुन्छ फूललाई सुगन्ध फैलाउनुमा आनन्द छ । किनकी प्रकृतिको नियम नै दिनु हो लुट्नु होइन ।

रजनीश ओशो भन्नुहुन्छ प्रेमले दिनेको भाषा जानेको हुन्छ भने अहंकारले लिनेको भाषामात्र जानेको हुन्छ । यसर्थ प्रेमले अन्तरआत्माको यात्रा ग¥यो भने आनन्द बन्छ र प्रेमले जगतको यात्रा ग¥यो भने दया र करुणा बन्छ ।

जुन दयाले जगतमा मानव जातिको कल्याण गरेको हुन्छ । महान् दार्शनिक नित्से भन्नुहुन्छ “दया यस्तो भाषा हो जुन भाषा अन्धो र लाटो दुबैले बुझ्दछन् ।” यो दया र प्रेमबाट आउँछ । प्रेम त्याग र समर्पणबाट आउँछ ।

यसकारण जसले दिन जानेको हुन्छ वास्तबकमा उ बाँच्न जानेको हुन्छ । यहाँ यस्तै त्यागी व्यक्ति छन् जसलाई लिनुमा होइन दिनुमा आनन्द मान्ने गर्छन् । स्वास्थ्य सन्देश बाड्नु पर्छ र आनन्द विस्तार गर्नुपर्छ भनि सदैब मानब चिन्तनमा आज पर्यन्त तल्लिन भई रहने व्यक्तित्वको नाम हो तम बहादुर बि.क. ।

उहाँको जन्म पिता डम बहादुर गोतामे र माता पवित्रा गोतामेको कोखबाट वि.सं. २०४५ साल कात्तिक १२ गतेको दिनमा रघुगंगा गाउँपालिका–६, पाखापानी, साविक पाखापानी गा.वि.स. वडा नं. ३ पूलडाँडामा भएको हो । उहाँ सानै उमेर देखि आफ्नो पढाईमा असाधारण क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो ।

पढाईमा अब्बल क्षमता राख्ने हिमालले आफ्नो विद्यालय स्तरको पढाई अमर माध्यमिक विद्यालय, पाखापानीमा अध्ययन गरेका थिए । बि.सं. २०६२ सालमा एसएलसी पनि अमर माध्यमिक विद्यालयबाटै उत्तिर्ण गरेका थिए ।

प्रमाणपत्र तह, स्नातक तहको अध्ययन पृथ्वीनारायण क्याम्पस पोखराबाट गर्नु भएको हिमालले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकाय अन्तरगत अंग्रेजी विषयमा स्नातकोत्तर उत्तिर्ण गर्नु भएको थियो ।

यसरी आफ्नौ शैक्षिक योग्यतालाई एक उचाईमा पु¥याएका हिमालको शैक्षिक जिन्दगी हिमाल जत्तिकै उज्यालो देखिन्छ । बि.सं. २०६९ साल देखि दलित विद्यार्थी युनियन संघको अध्यक्ष पदमा रही विभिन्न रचनात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।

हाल धौलागिरी गाउँपालिका–७, ताकम वडा कार्यालयको सचिव पदमा रही विगत केही बर्ष अगाडीदेखि जनताको सेवा गर्दै आउँनु भएको छ । अपवादलाई छोडेर आजको जमानामा धेरैजसो कर्मचारीहरु आम जनताको नीजि जीवनको दुःख समस्यालाई बुझ्न नचाहने र सेवा गर्नुमा झर्को मान्ने हुन्छन् तर हिमालले आफ्नो सेवालाई सदैब चुस्त दुरुस्त र स्फुर्त रुपमा जनताको काम गर्ने कार्य कुशलता भएको कारण छोटो समयमै प्रशंसनीय पात्र बनेका छन् ।

यसका साथसाथै नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीको योग अभियानलाई नजिकबाट नियालेका हिमालले आफ्नो वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयमा अन्तर संघर्ष गर्दै वि.सं. २०७९ सालमा पहिलो योग शिविरको लागि रु. एक लाख बराबरको बजेट र .वि.सं. २०८० सालमा दोस्रो योग शिविरका लागि रु. एक लाख बराबरको बजेट योग शिक्षा शीर्षकमा बजेट विनियोजन गरी योग अभियानलाई टेवा पुग्ने गरी महत्वपूर्ण योगदान दिएका छन् ।

ताकम वडालाई योगमय बनाउनुको साथै यो अध्यात्मको माध्ययमबाट ताकमबासी जनताको जीवनमा स्वस्थ, तन्दुरुस्त र मनमा शान्ति भर्ने, अपूर्व काम गरी उदाहरणीय व्यक्तित्व बन्नु भएको छ ।

ताकम गाउँमा एउटा छुट्टै योग अध्यात्मको नयाँ जागरण नयाँ लहर आएको छ । यतिमात्रै होइन त्यहाँ नवीन आनन्द योग केन्द्रको शाखा कार्यालय समेत स्थापना भएको छ । साथै यी सबै गति र प्रगतिको पहिलो श्रेय हिमाललाई जान्छ । उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै वि.सं. २०८१ अन्तरराष्ट्रिय योग दिबसको अवसरमा संस्थाले सम्मान पत्र मार्फत सम्मान प्रदान गरेको छ ।

आफू साधक भएकाले हिमालको छत्रछायाँमा ताकमका जनताहरुमा बेग्लै उत्साह र उमंगमा रमिरहेका छन् । यही कारण म्याग्दीको ग्रामीण भेगहरु मध्ये ताकम अग्रस्थानमा छ । विभिन्न आध्यात्मिक गुरुहरुबाट दिक्षित हिमालले आगामी दिनहरुमा आफ्नो गाउँपालिकामा विभिन्न साधुसन्त, गुरुहरुलाई ल्याएर आफ्नो गाउँपालिकालाई योगमय बनाई मानवकल्याण गर्ने योजनामा कटिबद्ध भएर लाग्नु भएको छ ।

समाजको सेवालाई नै आफ्नो परमधर्मको कर्म मान्ने हिमालले ताकमकोत मन्दिरमा हनुमानको मूर्ती निर्माणार्थ रु. ११,१११।– र अघोरीबाबाको मूर्ती निर्माणार्थ रु. ४,००।– लगायत विभिन्न समयमा विभिन्न संघसंस्थाहरुलाई दानको हात फैलाउँदै आउनु भएको छ । शान्ति चाहनुहुन्छ भने लोकप्रियताबाट टाढा रहनुहोस् (अब्राहम लिंकन) कर्म र सेवामा रमाउने तर लोकप्रियताबाट सदैब टाढा रहने स्वभावका हिमालको आध्यात्मिक जीवन अनुकरणीय छ ।

Leave a Reply