बेनी नगरपालिका वडा नं ८ ले कला र संस्कृति संरक्षणका लागि बाह्मण समाज म्याग्दीलाई भजन किर्तनका लागि साम्रागी सहयोग गरेको छ ।
कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेको बाह्मण समाजले पछिल्लो समय भजन र्कितन लोप हुने अवस्था सृजना भएको अवस्थामा वडा कार्यालयको आव ०८१÷८२ को संस्कृति जर्गेना कार्यक्रम अन्तरगत ९० हजार बराबरको साम्रागी सहयोग गरेको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।
उक्त साम्रागी बाह्मण समाजका अध्यक्ष लिलाराम गौतम लाई हस्तान्तरण गदैं वडा अध्यक्ष कर्माचार्यले वडाभित्र रहेका सबै जातजातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा सहयोग गर्ने बताउनुभयो ।
सोही अवसरमा बाह्मण समाजका अध्यक्ष गौतमले अग्रजले बचाएको मौलिक कला र संस्कृति पहिचान भएकाले यसलाई निरन्तरता दिने अभियानमा साथ दिएको वडाका जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो । वडा कार्यालयले भजनकिर्तनका लागि ३ थान मादल,हार्मोनियम १ थान,स्पीकर १ थान, खैजरी २ थान, मजुरा २ थान, बासृरी २ थान,ज्याली खैजरी ३ थान सहयोग गरेको जनाएको छ ।