म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन रहेको राहुघाट हाईड्रोपावरको ट्रिपर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
गाउँपालिका–३ पिप्लेमा रहेको हाईड्रोपावरको अडिट ३ बाट अडिट २ तफै जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय ट्रिपर अडिट २ को घुम्ती नजिक सडकबाट ३ सय मिटर तल खस्दा टिपरमा सचालक र सहचालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यायका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार मृत्यु हुनेमा भारको उत्तर प्रदेश बखरिया घर भएकाका ३३ बर्षका दशरथ यादव र सह चालक भारतको मध्य प्रदेश भेलबारी घर भएका ४० बर्षका शत्रुधन रजक रहेको मृत्यु भएको छ ।
थप अनुसन्धान गर्नका बेनीबाट प्र.नि.सागर पौडेलको टोली घटना स्थल जादै हुनुहुन्छ ।