अखिल नेपाल महिला संघ मंगला गाउँपालिक कमिटीको दोस्रो सम्मेलनबाट सरस्वती भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बाबियाचौरमा सम्पन्न भएको सम्मेलनबाट उपाध्यक्ष छकुमारी रोका, सचिव चकमायाँ पुर्जा, सह–सचिव सिता सुबेदी, कोषाध्यक्ष भूमीसरा बुढाथोकी चयन गरिएको छ ।
समितिको सदस्यहरूमा कविता विक,फुलमायाँ नेपाली, रिमा कुमारी बानियाँ, रस्मी तुलाचन,पवित्रा थापा,पुर्णकली विक, जया बुढाथोकी र यामकुमारी घर्ती रहनुभएको छ। सम्मेलनको अखिल नेपाल महिला संघ केन्द्रिय सचिव नरदेवी पुनले उद्घाटन गदैं महिलालाई राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा अब्बल बनाउने कार्यमा सक्रिय हुन नबनिर्वाचित कार्यसमितिलाई शुभकामाना दिनुभयो ।
सोही अवसरमा नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य खरमायाँ विटालु, सिर्जना केसी,नेकपा एमाले म्याग्दीका सचिव थमसरा पुन, सहसचिव एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायतले मन्तब्य राखेका थिए । अनेमासंघ मंगला गाउँपालिका अध्यक्ष दिलकुमारी खत्रीको अध्यक्षता तथा स्वागत र सरस्वती भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।