पर्वतको जलजला गाउँपालिकाका दुई विद्यार्थी इन्डो नेपाल समरसता अर्गनाइजेसनको बाल महोत्सवमा बाल रत्न अलंकरणबाट विभुषित भएका छन् ।
पूर्व राजमा रत्ना राजलक्ष्मी देवी शाहको सम्मानमा आयोजित कार्यक्रममा जलजला गापा वडा नं ३ पर्वतबेनीमा रहेको न्यु होराइजन माविमा कक्षा १० मा अध्ययनरत श्रद्दा रेग्मी र वडा नं ८ मा अवस्थित शिव माध्यमिक विद्यालयमा कक्षा ८ का छात्र अनुराग सुबेदीलाई विभुषित गरिएको छ ।
पुर्व उपराष्ट्रपति प्रमानन्द झा, उपसभामुख इन्दिरा रानाले विद्या,सांस्कृतिक, अनुशासन, पूर्व परीक्षा, भारत–नेपालको वैदिक सांस्कृतिक सांस्कृतिक उत्थान लगायतमा उत्कृष्ट विद्यार्थीलाविभुषित गरिएको आयोजकले जनाएको छ ।
बिभुषित होराइजनकी श्रद्धा विद्यालयकी मेधावी विद्यार्थी हुन् । उनी पढाइसँगै नृत्य सहित अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको विद्यालयका प्रधानाध्यापक अरुणकुमार चौधरीले बताए । त्यस्तै शिव माविका विद्यार्थी अनुराग समेत विद्यालयका शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको विद्यालयका प्रधानध्यापक अमृत सापकोटाले बताए ।
बाल महोत्सवमा बाल रत्न अलंकरणबाट विभुषित विद्यार्थीको सम्मान ग्रहण गदैं गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सफलताको उचाईको मापन विभिन्न बिधामा प्राप्त हुने उत्कृष्ट नतिजा भएको बताए । यसैबीच बाल महोत्सवमा बाल रत्न अलंकरणबाट विभुषित छात्रा श्रद्धा र छात्र अनुरागले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत थप सफलताका लागि प्रेरणा मिलेको बताएका छन् ।