म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको बर्ष २०२५ का लागि अध्यक्षमा बिनोद घर्ती क्षत्री निर्विरोध निर्वाचित भएका छन् । सोमबार जेसीजको सचिवालयमा अध्यक्ष घर्ती क्षत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
नवनिर्वाचत कार्यसमितिमा कानूनी सल्लाहकार सुमन बानियाँ वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सञ्जन श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष सुनिता श्रेष्ठ, डेकमायाँ केसी,महासचिव देबेन्द्र घिमिरे, कोषाध्यक्ष नविन पौडेल, शाखा सम्पादक कृष्णप्रसाद पौडेल,सह–सचिव गोकुल सुनार,सह–कोषाध्यक्ष तेजिन्द्र बहादुर खत्री, उपाध्यक्षहरुमा कपिल बानियाँ, गणेश सुबेदी, सुर्य गौतम, प्रतिश श्रेष्ठ रहेका छन् ।
त्यसैगरी तालिम संयोजक सचिना सापकोटा रहेको पूर्व अध्यक्ष सुजन बरुवालले बताए । शाखा अधिवेशनमा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ श्रेष्ठ, नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री सहित पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ लगायत म्याग्दी जेसीजका पूर्व अध्यक्ष सहित पदाधिकारी र साधारण सदस्यको उपस्थिती रहेको थियो ।
म्याग्दी जेसिजले स्थापनाकालदेखि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, पर्यटन प्रर्वधन सहित सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।