अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बाल गायक सचिन परियारको निधन

On: January 2, 2025 1:05 PM
Follow Us:

बाल गायक सचिन परियारको निधन भएको छ ।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे ।

स्वास्थ्यमा समस्या आएपछि उनी एक साता अघि अस्पताल भर्ना भएका थिए । केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनले गाएका आधा दर्जन लोकगीत करोड क्लबमा पुगेको छ ।

हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनका  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।