म्याग्दी क्याम्पसमा व्यवसायिक योजना बनाउने १४ विद्यार्थीलाई सम्मान

विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसको ३४औ वार्षिकोत्सवको अवसरमा उद्यमशिलता कार्यक्रममा व्यवसायिक योजना पेश गरेका १४ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

देशभरका १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि नेपालभरका १८ वटा क्याम्पसमा छनौट भएको म्याग्दी बहुमुखीमा उद्यमशील बन्नका लागि ४० घण्टाको पाठ्यक्रममा आधारित उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप र उत्प्रेरणा सम्बन्धि स्थानीय तथा राष्ट्रियस्तरका सफल उद्यमी, विषय विज्ञहरूले सहजीकरण गरिएको थियो ।

क्याम्पस प्रमुख श्रीधर सुबेदीले पहिलोपटक सहभागी भएका विद्यार्थीमध्ये व्यवसायिक योजना पेश गरेकालाई सम्मान सहित थप योजनाहरु समेत बनाइएको थियो । उक्त परियोजनामा छनौट भएकामध्ये ५ जनाको व्यवसायिक योजनालाई विश्व विद्यालय अनुदान आयोगमा पठाइएको थियो ।

देशैभरबाट प्रतिस्पर्धामा छनौट भएमा विद्यार्थीले न्यूनतम पाँच लाखदेखि ४० लाखसम्म बिनाब्याज प्राप्त गर्ने र उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ। सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसबाट हालसम्म व्यवस्थापन संकाय तर्फ स्नातकोत्तर तह (एमबिएस) उत्तीर्ण २४ जना विद्यार्थीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

Previous article८ किमि दौड प्रतियोगिताको उपाधी सोनिया र लिलाबहादुरले जिते
Next articleदर्ता नभए म्याग्दीका अबैध औषधि पसल बन्द गरिने