जन्मदिन मनाउने सबैका आ-आफ्नै शैली हुन्छन् । जन्मदिन मनाउने व्यक्तिले आफ्नो जन्मोत्सवको अवसर भन्दै साभीभाइलाई भव्य पार्टी समेत दिने गरेका छन् । जन्मदिनमा अत्यधिक मात्रामा खर्च पनि गर्ने गरिन्छ । तर पछिल्लो समय जन्मदिन मनाउने शैलीमा भने केही फरकपन देखिन थालेको छ ।

जन्मदिनको अवसर पारेर मानिसहरुले सामाजिक क्षेत्रमा लगानी गर्ने, गरिब, दिनदुःखी तथा बिरामीलाई आर्थिक सहयोग गर्ने, शैक्षिक संस्थालाई पुस्तक उपहार दिने, जेहेन्दार विद्यार्थीलाई सघाउने, सामाजिक संघसंस्थामा अक्षयकोषको घोषणा गरी रकम जम्मा गर्ने जस्ता कार्यहरु गर्दै गर्ने प्रचलन बढेको छ ।

म्याग्दीमा एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १० हजार बराबरको खेलकुद साम्रागी वितरण गरी मनाउनुभएको छ । बेनी सामुदायिक माविका सहायक प्रधानाध्यापक काशिराम रेग्मीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीको खेलकुद विकासलाई प्रोत्साहन गर्ने गरी फुटबल, भलिबल, भलिबल नेट सहित अन्य खेलकुद साम्रागी विब्यसका जेष्ठ सदस्य लोकनाथ रेग्मी, सदस्यहरु अजयमिलन श्रेष्ठ, सहायक प्रअ भिम घर्तीर्लाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रमको सञ्चालन शिक्षक टिकानाथ पौडेल ,स्वागत सहायक प्रअ घर्ती र अध्यक्षता विब्यस जेष्ठ सदस्य रेग्मीले गर्नुभएको थियो ।

 

Leave a Reply