अंग्रेजी नयाँ वर्षको अवसरमा सिजुओमा मोना गोल्ड कप हुने

अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान, अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कप आयोजना गरिएको छ ।

आगामी जनवरी १२ तारिखका दिन हुन लागेको कार्यक्रमको तयारी विभीन्न उपसमितिहरु गठन गरी आआफ्नो क्षेत्रबाट अगाडी बढिरहेको मोना जापान क्षेत्रीय समिति सिजुओकाका संयोजक तुल चोचाङ्गीले जानकारी दिनुभयो ।

मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कुरा मोना जापानका अध्यक्ष बिसाल केसीले बताउनुभयो ।

उहाँका अनुसार नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरुलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारिस्परिक भाइचाराको बिकासमा समेत सघाउने विश्वास रहेको छ। यस क्रार्यक्रमलाई भब्यताका साथ सम्पन गर्न जापानबासी विशेषतः शिजुओकामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि अपिल गरिएको छ ।

उक्त प्रतियोगिताको पुरस्कार राशि भने शिजुओका क्षेत्रमा अहिले सम्मकै सर्बाधिक रहेको बताईएको छ । जसअनुसार बिजेताका ५०१,००० येन र उपबिजेताका लागि २०१,००० हजार येन तोकिएको छ । साथै विभिन्न विधाहरुमा पनि पुरस्कार रहेको कुरा संयोजक चोचाङ्गिले बताउनभयो ।

Previous articleक्यानडामा रहेका बिनोद बानियाँको ‘प्रतिक्षालय’ गजल संग्रह लोकार्पण
Next articleम्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा