अन्नपूर्णबेनीधवलागिरीमंगलामालिकारघुगंगाम्याग्दीपर्वतबाग्लुङदेशगण्डकी

---Advertisement---

म्याग्दीका बालक ६ दिनदेखि काठमाण्डौको कपनबाट बेपत्ता

On: January 7, 2025 10:54 AM
Follow Us:
---Advertisement---

काठमाण्डौको कपन क्षेत्रबाट म्याग्दीका एक बालक ६ दिनदेखि बेपत्ता भएका छन्। म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरका १० बर्षिय दाउद सुनार गएको पुस १७ गतेदेखि हराइरहेको बालकका हजुरबुबा बमबहादुर सुनारले बताउनुभयो ।

बुबाको ट्याक्टर दुर्घटनामा मृत्युभएपछि आमाले अर्को विवाह गरेसँगै बेवारिसे भएका दाउनलाई कान्छो बुबासँग बस्ने भन्दै काठमाण्डौ गएकोमा बेपत्ता भएपछि खोजीकार्य गर्दा समेत फेला नपरेको हजुरबुबा सुनारको भनाई छ ।

बालक बेपत्ता भएपछि बालकका आफन्तले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय सहित काठमाण्डौमा विभिन्न स्थानमा समेत अनुरोध गरिएको छ । बालकको खोजी जारी रहेपनि मंगलबार विहानसम्म फेला परेका छैनन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।