म्याग्दी पुस्तकालय अब शनिबार र अन्य सार्वजनिक विदाको दिनमा पनि खुल्ने भएको छ । पठन संस्कृति प्रवर्धनका लागि आगामी माघ महिनाबाट विदाका दिनमा विहान १ बजेदेखि बेलुकी ४ बजेसम्म पुस्तकालयखुला गर्ने निर्णय गरेको पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठले बताउनुभयो ।

‘अहिले पुस्तकालयमा आउने पाठकको संख्या बढिरहेको छ, अब विदाको समयमा पनि खुल्ला हुदाँ थप सहज हुने छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

मंगलबार बसेको पुस्तकालय सञ्चालक समितिको बैठकले विदाको समयमा पुस्तकालय खोल्दा कर्मचारी, शिक्षक, विद्यार्थी तथा अन्य पाठकलाई समेत सहज हुने भएकाले पाठकको चाहना अनुसारका पुस्तक समेत नियमित थप्दै लैजाने निर्णय भएको सचिव नवराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पुस्तकालयलाई समुदायमा लैजान विद्यालय पुस्तकालय कार्यक्रम, घुम्ती पुस्तकालय सहित अन्य पठन संस्कृति बढाउने कार्य समेत गर्ने बताउनुभयो ।

पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका २० हजार बढीको हाराहारीमा पुस्तकहरु छन् ।

निकट भविस्यमा संगित पुस्तकालय समेत थप्ने योजना रहेको छ । पछिल्लो समय पुस्तकालयमा पाठकको कमी हुदै जान थालेपछि पुस्तकालयको प्रयोग बढाउन विभिन्न निर्णयहरू समेत गरिएको छ ।

Leave a Reply