म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर फाँटमा फुलेको तोरीमा रस लिन आएका मौरी । रत्नेचौरका स्थानीय किसानहरुले घरायसी प्रयोजन र अन्यत्रबाट ब्यवसायीक रुपमा पालेको मौरी चराउन ल्याउने गरेका छन् । पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ ।

मौसमअनुसार आहारा पाइने ठाउँमा मौरी सार्ने गरिन्छ भने मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ । मौरीलाई जंगल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै स्वादिलो समेत हुन्छ ।

बर्खाको समयमा धान र मकै, हिउँदमा तोरीबारीमा लैजाने गरेकामा पर्याप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम हुन्छ । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फूल फुल्ने सबै बिरुवा अनुकूल भए पनि मौरीलाई सबैभन्दा राम्रो तोरी र चिउरी मानिन्छ । तस्वीरहरु हरिकृष्ण गौतम

Leave a Reply