‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित यही पुस २८ देखि माघ ८ गतेसम्मआठौं म्याग्दी महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ ।

१० दिन चल्ने महोत्सवलाई एतिहाँसिक बनाउन आयोजकले आफ्नो सम्पूर्ण शक्ती प्रयोग गरेको छ । स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्राउने र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ ।

कालीगण्डकी नदीमा –याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, नर्थ अन्नपूर्ण बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली, भजन, पुख्र्यौली नाच, म्याग्दी आईडल एकल लोकनृत्य प्रतियोगिता, जातजाति,जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, जिल्लास्तरीय लगायत रहेको छ ।

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी, विज्ञान र प्रविधिका गतिविधि, गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष तथा महिला भलिबल, प्रदेश भित्रको वडास्तरीय बास्केटबल, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुती आकर्षण रहेको देखिन्छ।

हरेक बर्षको महोत्सवमा भन्दा यसपटक फरक गर्ने गरी आयोजकले म्याग्दीका ब्याापारीलाई नै प्राथमकिता दिएर स्टल बिक्री, जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकलालगायत साना तथा मझौला उद्यमीहरुले निर्माण गरेका सामग्रीहरुको बिक्री तथा प्रदर्शनीका साथै उचित पुरस्कारका साथै निशुल्क स्टल उपलब्ध गराएकोमा एउटा नयाँ सन्देश प्रवाह भएको छ ।

अर्कोतर्फ हरेक महोत्सव मनोरञ्जनमा केन्द्रित हुने प्रबृत्ति रहेको अवस्थामा यसपटक विज्ञान प्रयोगशालको प्रतियोगिताले समेत विद्यार्थीलाई नयाँ सन्देश प्रवाह गर्ने छ । म्याग्दी महोत्सव भनेको महोत्सव स्थानीय संस्कार, संस्कृति उजागर र जगेर्ना गर्ने थलो हो, मौलिकता प्रस्तुतिको अवसर पनि हो ।

महोत्सवमा भिड जम्मा गर्ने सांगीतिक कलाहरु प्रस्तुतीका नाममा बाहिरिया सेलिब्रिटीहरुले ठूलो मोलमोलाइमा पैसा लैजाने महोत्सवमा बढवा दिनुपर्ने पञ्चेबाजा, पुख्यौली, थाली लगायत स्थानीय कला र संस्कृति प्रस्तुत गर्ने समूहलाई खर्च अभावले राम्रो व्यवस्थापन नहुदाँ प्रस्तुतिहरु फितलो हुने गरेको छ । मौलिक खानाको स्वाद, स्वस्थकर र शुद्धतामा बढी ध्यान दिनुपर्छ । आकर्षक र र सजिलो लाग्ने प्याकेट, पकाउने विधि र सत्कारपूर्वक टक्रयाउने कुरामा ध्यान दिनुपर्छ। हाम्रो मौलिकतामा भएका कमजोरीहरु सुधारेर बाहिरी खानाहरुसँग टक्कर दिनसक्ने अवस्थाका लागि आयोजकको ध्यान जानुपर्छ ।

महोत्सव हुँदै भन्ने सुनेपछि अनेक ब्यापार लिएर बाहिरी जिल्लाबाट आउने ब्यापारीले पैसा पोको पारेर लैजाने प्रबृत्तिलाई रोक्न खोजेपनि यसलाई थप यसपटकको महोत्सवले निरुत्साहित गर्न आवश्यक छ । महोत्सवका सबल र कमजोरी पक्षको समीक्षा गरी उद्घाटन देखि समाप्तीसम्म देखिनुपर्छ । म्याग्दी महोत्सव सफल बनाउन सबैको आफ्नो क्षमता अनुसारको सहयोग गरौं ।

बेनी सप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply