थकाली यूवा परिवार बेनी क्षेत्र म्याग्दीको अध्यक्षमा बिजय भट्टचन चयन हुनुभएको छ । बिहिबार सदरमुकाम बेनीबजारमा आयोजित दोस्रो अधिवेशनबाट उपाध्यक्षमा सुमन शेरचन, सचिव मनोज गौचन, कोषाध्यक्ष मुकेश शेरचन, सहसचिव पूर्णिमा गौचन रहनुभएको छ ।
त्यसैगरी कार्यसमितिको सदस्यहरूमा रोहन भट्टचन, महेन्द्र शेरचन, ज्ञानेन्द्र भट्टचन, बिनोद शेरचन, टंक शेरचन, दिलिप शेरचन, रोजी शेरचन र निशान गौचन रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गदैं थकाली समाज बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले थकाली समुदायले मुख्य पहिचान थकाली भाषा, संस्कृति तथा संस्कार एवम् सभ्यताको संरक्षणमा यूवापुस्ताको आवश्यकता रहेको बताउनुभयो ।
आधुनिकतासँगै आगन्तुक भाषाको प्रयोग बढी हुन थालेपछि थकाली भाषा बोल्नेको सङ्ख्या घट्दै गएको र आफ्नो जातीले अनिवार्य गर्नुपर्ने अब यूवा परिवारले अगुवाई गरी विभिन्न कार्यक्रमहरु गनुपर्नेमा अन्य बक्ताको समेत जोड थियो ।
विशिष्ट अतिथि थकाली समाज बेनी क्षेत्रका उपाध्यक्ष सुन्दरमान शेरचन, थकाली महिला परिवार बेनी क्षेत्रको अध्यक्ष शान्ति भट्टचन, थकाली यूवा परिवार बेनी क्षेत्र म्याग्दीका निर्वतमान अध्यक्ष दिलिप शेरचनले नयाँपुस्ताको पहिलो प्राथमिकता आफ्नो समुदायको भाषा संस्कारलाई जर्गेना गर्नुरहेको बताउनुभयो ।
सोही अवसरमा नवनिर्वाचित अध्यक्ष बिजय भट्टचनले परम्परा, रीतिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउनतर्फ आफ्नो कार्यकालमा अग्रजको साथ लिएर काम गर्ने बताउनुभयो । थकाली समुदायसँग आधारित विभिन्न गतिविधिका साथै थकाली जातिको संस्कार लगायत अन्य विभिन्न गतिविधिका लागि थकाली सेवा समाज नेपाल लगायतको साथ र सहयोग समेत लिने नयाँ कार्यसमितिले जनाएको छ ।
मुस्ताङ जिल्लाको घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ।