अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा अधिकारी चयन, नयाँ कार्यसमितिको पदस्थापन

On: January 10, 2025 10:41 PM
Follow Us:

नवनिर्वाचित जिल्ला ब्याडमिन्टन संघ म्याग्दीको कार्यसमितिको शुक्रबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सन्दिप अधिकारीको अध्यक्षतामा गठित १५ सदस्यीय नयाँ कार्यसमितिको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको प्रमुख आथित्यतामा पदस्थापन तथा बधाई ज्ञापन गरिएको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्ष राज मगर, टिका पुर्जा, निरज भण्डारी, प्रबेश मगर, सचिव सचिन शाक्य, कोषाध्यक्ष मिलन बुढाथोकी, सद्स्यहरुमा राजकुमार शाही ,सुरेन्द्र हमाल, दिनेश केसी, साजन बालमपाकी मगर, रबिन्द्र बुढाथोकी, फबहादुर पुर्जा, छिमा मगर, र चाहना खत्री निर्बिरोध निर्वाचित भएको सचिव सचिन शाक्यले जानकारी दिनुभयो ।

पदस्थापना कार्यक्रममा म्याग्दी जिल्लाबाट क्षत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा समेत खेलाडीबाट राम्रो प्रर्दशन भइरहेको बताउँदै प्रमुख अतिथि केसीले संघमार्फत थप सक्रियता आवश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सञ्जन शाक्यले जिल्लाका सबै स्थानीय तहलाई समेटेर कार्यसमिति चयन गरिएपछि ब्याडमिन्टनप्रतिको आर्कषण झनै बढेको र ग्रामिण क्षेत्रमा समेत पूर्वाधार बन्न थालेपछि खेलाडीलाई सहज भएको बताउनुभयो । नबनिर्वाचित कार्यसमितिले आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित प्रतियोगितालाई भब्य बनाउने गरी तयारीमा जुटेन जनाएको छ ।