म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा देविस्थानबाट ल्याएको सुन्तला बिक्री गदैं एक महिला । म्याग्दीमा सुन्तला बगैंचाबाटै खरिद गरी बजारमा बिक्री गरेर समेत साना तथा डोके ब्यापारी मनग्य आम्दानी गर्ने गरेका छन् । यसबर्ष ८ सय १० हेक्टरमा लगाइएको बोटमध्ये ४ सय २० हेक्टरबाट फmल दिइरहेको छ । म्याग्दीमा यसबर्ष उत्पादन बढेकाले करिब २५ करोडको सुन्तला बिक्री हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।