पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।  बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरु गरेका हुन । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएको सिम्रिक एअरले जनाएको छ ।

उसका अनुसार सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा शुक्रबारदेखि स्काई डाइभिङ सुरु गरेका हुन्, जो २१ जनवरीसम्म जारी रहनेछ ।यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको र भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्नेछ  । जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।

Leave a Reply