म्याग्दीमा जन्मिएर अन्तराष्ट्रियस्तरमा ब्यवसायिक पहिचान र कृषि अनुसन्धानका बैज्ञानिकलाईसम्मान गरिएको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरू भएको आठौँ म्याग्दी महोत्सव एवम् गण्डकी प्रदेशस्तरीय कृषी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका अध्यक्ष विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
बेनी नगरपालिका वडा नं ४ डाँडाखेतका ब्यवसायी कुँवर दक्षिण कोरियाबाट नेपालमा कम्पनी भित्राएर तथा पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको अध्यक्ष हुनुहुन्छ भने बेनी नगरपालिका वडा नं २ बगरफाँटका कृषि बैज्ञानिक कार्की नेपाल सरकार तथा अन्तराष्ट्रियस्तरमा कृषि खोजमा स्थापित हुनुहुन्छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यसपटक म्याग्दीलाई चिनाउने अन्य विभिन्न ब्यक्तित्वहरुलाई समेत सम्मानको सूचीमा राखिएपनि ब्यस्त समयका कारण आउन नसकेकाले अन्य समय मिलाएर सम्मान गरिने बताउनुभयो ।