म्याग्दीको मंगला गाउँपालिकाबाट अष्ट्रेलियामा पुगेका मंगलाबासीको प्रथम भेलाबाट मंगला कम्युनिटी गठन भएको छ । आफ्नो क्षेत्रबाट रोजगार, शिक्षा र ब्यापारको सिलसिलामा अष्ट्रेलियामा आएकाहरु बिचको एकता र सहकार्यका लागि किस्मत मल्ल ठकुरीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

समितिको लभकुश जुग्जाली, सचिव बिरेन्द्र दगामी पुन, सहसचिव इन्द्र भण्डारी, कोषाध्यक्ष विशाल सापकोटा, सह–कोषाध्यक्ष निशा केसी रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा  सुरेश केसी, सिजन रोका, किस्मत भट्रराई, भरत सापकोटा,तिलक बुढाथोकी, प्रवेश रोका, अनिता रोका, मिलन बिक, सञ्जन कार्की, लोकेन्द्र पुन र मिता डगामी रहनुभएको छ ।

कम्युनिटीको सल्लाहकारमा श्याम थापा, राजु शेरचन, भुपेन पुन, फन रोका, मनबहादुर खड्का, रोशन अधिकारी र सन्तोष क्षत्री रहनुभएको छ । सोही अवसरमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीलाई सम्मान गरिएको थियो । मंगला कम्युनिटीले अस्टेलियाका विभिन्न क्षेत्रमा बसोबास गर्ने मंगलाबासीलाई आवद्धतााका लागि समेत अनुरोध गरेको छ।

Leave a Reply