अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान

On: January 13, 2025 10:33 AM
Follow Us:
---Advertisement---

भलिबल खेल्न अष्ट्रेलिया पुग्नुभएकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । म्याग्दी जलजला परिवारबाट महिला भलिबल खेल तथा कार्यक्रमका लागि अष्ट्रेलियामा रहनुभएकी शाहीलाई मोना अष्ट्रेलिया, म्याग्दी जलजला परिवार, छन्त्याल परिवार अष्ट्रेलिया, मंगला कम्यूनिटी, राखु समाज अष्ट्रेलिया, शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स एजुकेशन, एभरेस्ट ग्लोबल एजुकेशनका साथै विभिन्न संघसंस्थाले सम्मान गर्नुभएको हो।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्ले निवासी शाहीको कप्तानीमा २० बर्षपछि पहिलोपटक नेपाली महिला टोलीले उपाधी जित्नुका साथै महिला भलिबलमा दक्षिण एशियाली देशमा नेपालको समेत बलियो उपस्थिती देखाउन सफल भएको छ। अरुणको नेतृत्वमा नेपाली महिला भलिबलले अन्तराष्ट्रिय उपाधी सहित भलिबल खेलमा चमत्कारी नतिजा निकाल्न सफल भएकै कारण लगातार कप्तानीको जिम्मेबारीमा हुनुहन्छ ।

भलिबलको क्षेत्रमा शाही र बानियाँको योगदानको उच्च मुल्याङ्कन गदैं निमन्त्रणा गरिएकोमा म्याग्देली संघसंस्थाले सम्मान सहित थप सफलताको कामना सहित बधाई कार्यक्रम राखेका छन् । सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिग सहित विभिन्न खेलहरुमा नेपालको उपस्थितीलाई बलियो दाबेदार सहित उपाधी समेत दिलाउन सफल हुनुभएकी अरुणा नेपाली महिला भलिबलको सर्वाधिक सफल कप्तान समेत हुनुहुन्छ ।

कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा पहिलो व्याचका छात्रासमेत हुनुहुन्छ । नेपाली खेलकुदमा अरुणाले निरन्तर सफलता प्राप्त गरेको बताउँदै नेपाली महिला खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले देशको गौरव बढेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।