म्याग्दीको सदरमुकाम बेनीबजारमा सुजल श्रेष्ठ र आरभ गिरी उमेरले १४ बर्ष पुगे । जनशक्तीको अभावका कारण २२ वर्षयता नियमित देखाउन नसकिएको हनुमान नाच यस पटक आठौं म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । उनीहरू नजन्मिदै बन्द भएको हनुमान नाचमा पछिल्लो समय बुढा कलाकारसँगै सुजल र आरभ समेत सहभागि हुने गरेका छन् । बेनी आवासीय माविमा कक्षा ७ मा अध्ययनरत सुजल र आरभसँगै युवासम्मले नाचेपछि यसले धेरैको मन तान्न सफल भयो।

नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रूपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंकाखलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षणले बाल कलाकारहरु समेत देखिन थालेका छन् । २०५७ भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक संकलनका लागि हनुमान नाच देखाइएको थियो।

त्यसयता कलाकारको अभाव र नृत्य पुस्तान्तरण नहुँदा हराउँदै गएको नाचलाई मंकाःखलले पुनर्जागरण गराएका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । ‘बेनीको पहिचान हो, यो पूरानो नाचलाई नियमित बनाउन अव यूवापुस्ताको सक्रियता आवश्यक पर्छ’ पूर्व अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार अन्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा बढेपछि म्याग्दीका जातजाति आफ्नो मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा जागरूक बनेको बताए ।

कलाकारको अभाव र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको बेला तालिम दिएर नयाँ कलाकार तयार गरी हनुमान नाच देखाइएको अगुवा ज्ञान गिरीले बताए । नेवार समुदायमात्रै नभई यसमा बेनीबजारमा बस्ने अन्य जातजातिको समयत सहभागिता हुने गरेको छ

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ । हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् ।

भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा रिबनका आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन्।

नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हु्न्छन् । हनुमान नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल ९६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल० मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् ।

 

नृत्य तालको समाप्ति पश्चात ५ ताल तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ । वाद्यवादकहरुले बजाएको मृदङ्गा, झ्याली लगायतका बाजाहरुको निश्चित तालहरुमा उफ्रदै घुम्दै र हातका डण्डीहरु एक आपसमा जुधाउदै नाच्दा यस नृत्य साँच्चै आकर्षक देखिन्छ ।

लठ्ठीहरू ठोक्काउदा निस्कने आवाजले समेत नृत्यको वातावरण थप संगीतमय बनेको आभास मिल्छ ।नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल ९६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल० मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् ।

नृत्य तालको समाप्ति पश्चात ५ ताल तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ । म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे ३ सय बर्ष अगाडी मानवबस्तीको विस्तारसँगै नेवार समुदायले दर्जनको हाराहारीमा विभिन्न नाच लिएर आएका थिए ।

 

 

 

 

Leave a Reply