एउटा मान्छेको जन्मले धेरै फरक पार्छ यदि त्यो मान्छे असल भयो भने । शिक्षा विकास अक्षय कोषका अध्यक्ष दुर्गाप्रसाद स्मृति कोषका संरक्षक समाजसेवी तथा शिक्षाप्रेमी आदरणीय ब्याक्तित्व कृष्ण तुलाचनको आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ।

धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहन एक समाजसेवीले स्वास्थ्य साम्रागी सहयोग गरी ६३ औँ जन्मदिन मनाउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना घर भई हाल यूकेमा बस्नुहुने कृष्ण तुलाचनले सोमबार आफ्नो जन्मभूमि दानाको ज्ञानप्रकाश माविको प्राङ्गनमा कार्यक्रम गरी १ लाख बराबरको अति आवश्यक स्वास्थ्य साम्रागी १० वटा झोला स्वास्थ्य शाखा दानालाई प्रदान गर्नुभएको छ ।

वडाबासीलाई घरदैलोमा जान सहज हुने गरी ९ वटा झोलामा ब्लड प्रेसर, सुगर र अक्सिजन नाप्ने यन्त्रसहित अति आवश्यक औषधी सहयोग गर्नुभएको प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो ।

‘दानाका हरेक क्षेत्रमा उहाँको निरन्तर सहयोग छ, विद्यार्थीको शैक्षिक र भौतिक पूर्वाधारमा पनि अतुलनीय योगदान छ’, प्रअ नेपालीले भन्नुभयो । विगतका बर्षहरुमा विद्यालयमै विद्यार्थीलाई विभिन्न सहयोग गर्ने गर्नुभएको थियो । दाना स्वास्थ्य शाखाकी रन्जिता पाइजा सहित स्वास्थ्यकर्मी, महिला स्वयंमसेविकाले प्रयोग गर्ने गरी उक्त साम्रागी सहयोग गरिएको थियो ।

‘मैले प्रत्येकबर्ष जन्मदिनमा समुदायमै खर्च गर्छु, जन्मदिनमा गरिने सेवाले बर्षभरी समुदायकै लागि सक्रिय हुन सहज हुन्छ’ शिक्षा विकास कोषका अध्यक्ष समेत रहनुभएका तुलाचनले भन्नुभयो ।

‘पछिल्लो आधादशक यता हामीले म्याग्दीकै बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाइरहेका छुं’, तुलाचनले भन्नुभयो । समाजसेवी तुलाचनको सक्रियतामा दानामा शिक्षा, स्वास्थ्य सहित विभिन्न क्षेत्रमा सहयोग हुने गरेको छ भने यस अगाडी समेत जिल्लाका विभिन्न क्षेत्रमा रहेका विपन्न बालबालिकालाई समेत सहयोग गर्नुभएको थियो ।

Leave a Reply