उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा रहनुभएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाका अशेष केसीलाई ब्लड क्यान्सर भएपछि उपचार अभियान सुरु गरिएको छ ।

सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएपछि उपचारमा लागि म्याग्देलीले अभियान सुरु गरेका छन् । पीडित केसीको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि उपचारमा परिवारका सदस्यबाटै सहयोगको अपिल पछि सार्वजनिक रुपमा अभियान सुरु गरिएको हो ।

७ बर्षअघि उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुग्नु्भएका केसी उपचारमा ठुलो धनराशी आवश्यक पर्ने भएपछि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सामाजिक सञ्जालका साथै गोफण्डमी डटकम मार्फत अभियान सञ्चालन गरेको मोनाका सचिव एवम् उपचार अभियानका संयोजक दिनेश खत्रीले बताउनुभयो ।

खत्रीको संयोजकत्वमा इन्द्र थापामगर, हिक्मत श्रेष्ठ, बाबुराम पौडेल, कुशल पौडेल र विशाल पौडेल सदस्य रहेको सहयोग समिति गठन गरिएको छ । डाक्टरहरले बोन म्यारो ट्रान्सप्लान्ट नै आवश्यकता रहेको बताएपछि सहयोग अभियानमा जुटेको संयोजक खत्रीको भनाई छ ।

सहयोगका लागि तलको खाता नम्बर प्रयोग गर्नुहोला

Account Name: MONA Australia
BSB: 062112
Account Number: 10214090
गोफण्डमी डटकमको लिक

Leave a Reply